डाक्टरका नारा: ‘सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग’
पाेखरा | असोज १०, २०८०
पोखरा: पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई आक्रमण भएको भन्दै पोखरेली चिकित्सकहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् ।
चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरुले अनिश्चिकालिन आन्दोलन सुरु गरेका हुन् ।
मणिपाल शिक्षण अस्पताल लगायतका विभिन्न स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले पोखरा महानगरपालिकाको कार्यालयबाट ¥यालीसहित सभागृह, सृजनाचोक, राष्ट्रबैङ्क चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोण सभा गरे ।
सो अवसरमा बोल्दै अगुवाहरुले आफुहरु असुरक्षित भएको भन्दै काममा फर्किने वातावरण नभएकाले अनिश्चितकालिन आन्दोलनको घोषणा गर्नुपरेको तर्क राखे । उनीहरुले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिकरण हुनु अन्यायपूर्ण भएकाले विभिन्न ऐजेण्डासहित आन्दोलनमा उत्रेको बताए ।
यसअघि ¥यालीमा सहभागी चिकित्सकहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाउ देश धामी झाक्रीलाई छोडौं, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, अत्याचार सहि, लाचार भै बस्दैनौ अब’ लगायतका प्ले कार्डसहित नाराबाजी गरेका थिए ।
स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग समेत राखेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधनभएपछि चिकित्सकको लापरवाहीले मृत्युभएको भन्दै आफन्तले हातपात गरेपछि मणिपाल अस्पतालमा तनावग्रस्त बनेको थियो ।
अहिले चिकित्सकमाथि आक्रमण भएको भन्दै पोखराका अस्पतालहरुले आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् ।
फोटो/भिडियो: सुशान्त गाहा गमर





पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

